पइँस्यारू नाच र यस सम्बन्धि धारणाको छोटो खण्डन :

     




         संस्कृतिविद् बमकुमारी बुढामगरको बिचार अनुसार पइँस्यारू भनेको 'पै 'काठको गोलाकार भाँडो र 'स्या' नाच र 'रु 'मान्छे अर्थात् गोलाकार काठको आकारमा नाच्ने मान्छे हो । त्यो बिचार आफ्नै ठाउँमा सत्य पनि छ । तर साच्चिकै भन्नू पर्दा पइँस्यारू काठको भाँडो 'पै'बाट नभएर प/पउ/पइँबाट भएको हो । मगर खाममा प/पउ/पइँ भनेको पाइतलालाई भनिन्छ । प/पउ/पइँस्यारूबाटै यो नाचको नामाङ्करण भएको हो । प/पउ/पइँ (पाइतला वा खुट्टाको अन्तिम भाग), स्या (नाच वा नाच्ने) र रू (मान्छे) अथवा पाउ नचाउने मान्छे भन्ने हुन्छ ।     


        प/पउ/पइँबाट भनेको मगर खामका शब्द पनइँ/पोला (जुत्ता) पनि हो भने पइँस्यारूमा बजाइने अथवा खुट्टाले बजाइने बाजा पइँजन (पइँ/पाउ + जाने/हाल्ने/राख्ने) पनि हो । यसै पइँजन शब्दले पनि प्रमाण दिने गर्दछ कि पइँस्यारू भनेको पाउ वा खुट्टा नचाउने मान्छे हो र काठको भाडो जस्तो गोलाकारमा नाचिने नाच होइन भनेर । किनकि अरू नाच पनि त गोलाकार भएर नाच्ने गरिन्छ के ती सबै नाच पइँस्यारू हुन् त !?

Comments