अठार मगरातको मगर साइनो संस्कार र नाता सम्बन्ध

                                                     🖋️वी.जी. मगर


          यो सानो प्रयासलाई सबैले सल्ललाह दिनु होला त मित्रहरु तपाइँहरुतिरकोसँग नमिल्न सक्छ करेक्शन गर्नु पर्यो । अथार मगरात क्षेत्र र मगर खामबाट मात्रको भएकोले अन्यथा भए क्षमा चाहान्छु । 

       मगर संस्कार र चालचलन अनुसार मामाचेली र फुबुचेला बिच बिहे भएर सम्बन्ध जोडिएपछि इस्ट र माइति बिच साइनो जोडिने गरिन्छ । त्यस बाहेक नयाँ बिहे भएमा त्यसै अनुसार नै साइनो स्थापीत हुन्छ । त्यही स्थापीत भएको सम्बन्ध अनुसारको साइनो इस्त र माइति बिच सम्बन्ध नमिचिएसम्म पुस्तौँपुस्तासम्म चलिरहन्छ । तिनै परयोगमा आउने सम्बन्ध अनुसारका साइनोहरु निम्न परकार छन ।

क) घरतर्फको साइनो
आमै/जेई : जन्म दिने महिला
बौ/बाबू : जन्म दिने पुरुष
रे/यो : बिहेँ भएपछि स्थापीत पुरुषसँगको सम्बन्ध
ज्या : बिहेँ भएपछि स्थापीत महिलासँगको सम्बन्ध
पागो/पागी/पाग्यो : बाबूको दाइ
मागो/मागी/माग्यो/सेरमा : पागोको बुढी
पाजिम/काकू : बाबूको भाइ
माजिम/सान्जेई/माजी/कान्छी : काकूको बुढी
फुबू : बाबूका नाना बहिनीहरु
बाजू : बाबुको बाबू,पागो र काकूहरु
बुजू/बज्यू/बज्या : बाबूको आमै, फुबू, मागो र कान्छीहरु
जिजू : ज्युज्यू (बाबूको बाजू, बाजूको बाबू, पागो र काकूहरु
जिजुनी/ज्युज्युमा : बाबूको बुजू, बाजूको आमै, फुबू, मागो र कान्छीहरु
क्यापज्यू : बाबूको जिजू, बाजूको बाजू, जिजूको बाबू, पागो र काकूहरु
क्यापज्युनी : बाबूको जिजुनी, बाजूको बुजू, जिजूको आमै, मागो, कान्छी र फुबूहरु
नेपज्यू : क्यापज्यूका पनि बाबू, पागो र काकूहरु
नेपज्युनी : क्यापज्यूका पनि आमै, फुबू, मागो र कान्छीहरु
बराजु : बाँकी सबै पुर्खाहरु
दाजू/तित्या/दाज्यू : आफुभन्दा जेठा बाबू, पागो, काकू, मागो र कान्छीका छोरा
पार्जा/भाइ : आफुभन्दा कान्छो बाबू, पागो, काकू, मागो र कान्छीका छोरा
नाना : आफुभन्दा जेठी बाबू, पागो, काकू, मागो र कान्छीका छोरी
नाम्जा/बैनी : आफुभन्दा कान्छी बाबु, पागो, काकू, मागो र कान्छीका छोरी
मारुम/रुम्जा : दाइका श्रीमती, उमेरले जेठी मामा र भागीका छोरी
पिस्यार : पतीका नानाहरु, महिलाका फुबूका आफुभन्दा जेठी छोरी (कोही ठाउँमा पतिका फुबूहरुलाई यो साइनो सम्बन्ध पनि परयोगमा रहेको छ ।)
कोञ्जा/कोइँ/कोनः : पतीका बहिनीहरु, महिलाका फुबूका आफुभन्दा कान्छी छोरी
भेना/जेठाज्यू : पतिका दाइ (फुबूका उमेरले जेठो छोरा)
देवर/देओर : पतिका भाइ, महिलाका फुबूका आफूभन्दा कान्छो छोरा
जेठानी : पतिका मारुम/जेठाज्यूका श्रीमती
देउरानी : पतिका भाइका श्रीमति/देवर श्रीमती
भाहारी : छोरा, भाइ, बतिजोहरुका श्रीमती
बतिज/बतिजा : दाइ वा भाइका छोराहरु, मारुम वा सालीका छोराहरु
बतिजी : दाइ वा भाइका छोरीहरु, मारुम वा सालीका छोरीहरु
नाती : छोराछोरी, बतिजाबतिजी, भदैभदैनी र भान्जभान्जीका छोराहरु
नातिनी : छोराछोरी, बतिजाबतिजी, भदैभदैनी र भान्जभान्जीका छोरीहरु
पनाती : छोराछोरी, बतिजाबतिजी, भदैभदैनी र भान्जभान्जीका नातीहरु
पनातिनी : छोराछोरी, बतिजाबतिजी, भदैभदैनी र भान्जभान्जीका नातिनीहरु
जनाती : छोराछोरी, बतिजाबतिजी, भदैभदैनी र भान्जभान्जीका पनातीहरु
जनातिनी : छोराछोरी, बतिजाबतिजी, भदैभदैनी र भान्जभान्जीका पनातिनीहरु
खनाती/खनातिनी : बाँकी सबै सन्तानहरु

ख) माइती सनो माउली तर्फको साइनो
भागी/दागू : आमैका दाइ (आफ्नो बाबूभन्दा उमेरले जेठो पत्नीको पागो)
मामा : आमैको भाइ (आफ्नो बाबूभन्दा उमेरले कान्छो पत्नीको काकू)
मइज्यू : भागी/दागू या मामाका पत्नी, श्रीमतीको आमै, मागो र सान्जेई
जिथू : भागी/दागू या मामाका उमेरले जेठो छोराहरु, पत्नीको दाइहरु
साला : भागी/दागू या मामाका उमेरले कान्छो छोराहरु, पत्नीको भाइहरु
मारुम : भागी/दागू या मामाका उमेरले जेठी छोरीहरु, पत्नीको दिदीइहरु
साली : भागी/दागू या मामाका उमेरले कान्छी छोरीहरु, पत्नीको बैनीहरु
भाहारी : भागी/दागू या मामाका उमेरले कान्छी छोरीहरु, दाइ वा भाइका उमेरले कान्छी सालीहरु(महिलाहरुको साइनोमा)
सम्देनी : जिथूका श्रीमती (सम्देनी नाना), सालाका श्रीमती (सम्देनी बैनी)
साधु : पत्नीका दिदी पति (साधुदाज्यू), पत्नीका बैनीको पति (साधुभाइ)
भदै : जिथू वा सालाका छोराहरु, पत्नीका दाज्यू भाइका छोराहरु
भदैनी : जिथू वा सालाका छोरीहरु, पत्नीका दाज्यू भाइका छोरीहरु
बतिजा : पत्नीका नाना बैनीका छोराहरु
बतिजी : पत्नीका नाना बैनीका छोरीहरु

      अन्य साइनोहरु घरकै जस्तै माथिल्लो साइनोमा त्यही बाजू बुज्यू, ज्युज्यू ज्युज्युनी, क्यापज्यू क्यापज्युनी, नेपज्यू नेपज्यूनी र बराजू अनि तल्लो साइनोमा नाती नातिनी, पनाती पनातिनी, जनाती जनातिनी, खनाती खनातिनी साइनो सम्बन्ध नै यथावत रहन्छ ।

ग) इस्ततर्फको साइनो
भेना : फुबूको उमेरले जेठो छोराहरु, दिदीका पति
ज्वाँई : फुबूको उमेरले कान्छो छोराहरु, बैनीका पति (महिलाको सन्दर्भमा बैनिको पति बाहेक सबै देवर/देओर साइनो पर्दछ ।)
भान्ज : नाना बैनीको छोरा वा छोरी बतिजीको पति
भान्जी : नाना बैनीको छोरी वा छोरीको कोञ्जा, पिस्यार वा फुबूका छोरीहरु
बोभो/पुसाइँ : बाबूको नाना बहिनीका पति, नाना बैनीका पतिका बाबू, बाबूका फुबूकी छोराहरु
फुबू : बाबूका नाना बैनीहरु, नाना बैनीका पतिको आमै/जेई

      अन्य साइनो घरको माइतीको जस्तै इस्तमा पनि माथिल्लो साइनोमा त्यही बाजू बुज्यू, ज्युज्यू ज्युज्युनी, क्यापज्यू क्यापज्युनी, नेपज्यू नेपज्यूनी र बराजू अनि तल्लो साइनोमा नाती नातिनी, पनाती पनातिनी, जनाती जनातिनी, खनाती खनातिनी साइनो सम्बन्ध नै यथावत रहन्छ ।

घ) ¥याङ (मितेरी) साइनो
अ) पुरुष पुरुष बिचको मितेरी (¥याङ) साइनो
विधिवत् समय ग्रह फारेर टीकाटालो लगाइ जोडेको सम्बन्धलाई ¥याङ भनिन्छ । मित्रतालाई प्रगाढ गर्न जोडिएको साइनो दुईभाइमा पनि जुमल्याको जस्तै सम्बन्ध रहन्छ । ¥याङ साइनो मगर समाजको परम्परागत नाता सम्बन्ध हो । रगतको नाता भन्दा यो नाता बलियो हुन्छ भन्छन । ¥याङमा चौध पुस्ता र गोत्यारमा सात पुस्तासम्म बिहेबारी गर्न पाइँदैन वा साइनो मिच्नु हुँदैन । यो साइनो बिशेश गरेर सम्बन्ध नजोडिने गोत्यारहरुसँग लगाइन्छ । दलित समुदायसँग पनि ¥याङ लगाएर साइनो र सम्बन्ध स्थापना गरी साइनोलाई निरन्तरता दिने पचलन अत्याधिक पाइन्छ ।
¥याङमिनी : ¥याङको पत्नी
प¥याङ : ¥याङको बाबू
म¥याङ : ¥याङको आमै
पुतुनी : ¥याङको छोरा छोरीहरु
अन्य साइनोमा घरतर्फको जस्तै यथावत नै रहन्छ ।

आ) महिला महिला बिचको मितेरी (सँगिना) साइनो
महिलाहरु बिच लगाइने मितेरी साइनोलाई सँगिना भनिन्छ । यो साइनो पनि ¥याङ लगाउने परक्रियालाई नै अंगालेर लगाउने गरिन्छ । र, साइनो सम्बन्ध पनि त्यसै अनुसार नै जोडिने गरिन्छ ।

इ) महिला र पुरुष बिचको मितेरी (सम्दी–सम्देनी) साइनो
महिला पुरुष बिच दाज्यू बहिनी/नाना भाइ वा जुमल्या सम्बन्ध जस्तै मानेर लगाइने मितेरी साइनोलाई सम्दी–सम्देनी भनिन्छ । यो लगाउने परक्रिया पनि ¥याङ र सँगिना जस्तै समय, ग्रहदशा फारेर लगाउने गरिन्छ भने साइनो सम्बन्ध पनि त्यसै अनुसार नै परयोगमा ल्याउने गरिन्छ ।

ई) मया साइनो
हित चित मिलेको युव र युवती वा दौँतरीहरु बिच लगाइने साइनोलाई मया भनिन्छ । जो अहिलेको अवस्थामा पीरिम लगाएको जस्तै हो । यो साइनो लगाएपछि बिहे गर्न पनि सकिन्छ । यदि नगरे पनि केही फरक पर्दैन । यस नाता जोडे पछि साइनो केटाको घरतर्फ इस्तको साइनो गरिन्छ भने केटीको जन्मघरतर्फ माइती/माउलातर्फको साइनोले सम्बन्ध वा नाता जोडिने गरिन्छ । यो साइनो जोडने चलन अहिले हराउँदै गइसकेको छ भने पुर्वी रुकुमको केही क्षेत्रमा अहिले पनि परचलनमा छ भन्ने सुन्नमा आएको छ ।

ङ) गुरु/गुरुबा साइनो
मगर समाजमा गुरु वा गुरुबा अनुसार पनि साइनो जोडिन्छ । जस्तै रम्मा (झाँक्री), धामी र बैदाङगी (जैसी/नकाम्ने तर झाँक्री र धामीहरुले गर्ने सबै तन्तर मन्तर गर्ने मान्छे/मगर समाजको पुरेत)मा सिक्ने सिश्य र सिकाउने गुरु/गुरुबाको साइनो सम्बन्ध जोडिने गरिन्छ ।
गुरु/गुरुबा : सिकाउने मान्छे
गुरुमा : गुरुबाको पत्नी वा सिकाउने महिला
सिस : सिक्ने मान्छे, सिकाउनेको चेला, सिकी माग्ने मान्छे
गुरुदाज्यू : गुरुका सिश्यहरुमा सिक्ने मान्छे भन्दा पहिलाको सिश्य (उमेर सानो भए पनि अगाडि गएकोलाई गुरुदाज्यू नै मान्नुपर्छ ।)
गुरुभाइ : आफूसँगै सिक्दै गरेका र पछाडि सिक्ने सिश्यहरुलाई गर्ने साइनो ।
गुरुबाज्यू : गुरुबाको गुरुबा, गुरुबाको बाबू
गुरुबुज्य : गुरुबाज्यूका पत्नी, गुरुबाको आमै, गुरुबालाई सिकाउने महिला

यसरी नै साइनो जस्तै माथिल्लो र तल्लो साइनोहरु सिक्ने र सिकाउने अनुसार साइनोहरु जोडिने गरिन्छ ।

छ) मामा भान्जी साइनो
अ) नचल्ने मामा भान्जी साइनो
मगर समाज र संकार अनुसार नाना वा फुबूका छोरीहरु केटा मान्छेका भान्जीहरु पर्दछन भने यो साइनो र नाता बिचमा बिहेँ सम्बन्ध जोडन मिल्दैन । किनकी तिनै भान्जीहरुलाई नानाबैनी वा चेलीवेटी सरह स्थान दिइन्छ । त्यसैले यसलाई मामा भान्जीको साइनोलाई नचल्ने मामा वा भान्जी भन्ने गरिन्छ ।

आ) चल्ने मामा भान्जी साइनो
बाबू बाज्यू देखि कुनै नाता सम्बन्ध स्थापीत नभएको वा कुनै टाढाको भर्खरै भेट भएका केटा केटीहरु बिच पनि मामा भान्जीका साइनोले सम्बन्ध जोडिने गरिन्छ । यस्तो मामा भान्जी बिच बिहेँ सम्बन्ध जोडिन्छ । त्यसैले यस्तो मामा भान्जीको साइनोलाई चल्ने मामा वा भान्जी भन्ने गरिन्छ । यस मामा भान्जीको साइनोलाई सोल्टी–सोल्टिनीसरह मानिन्छ । मगर समाजमा चिनजान नभएको महिलाहरुलाई एक्कासी भेटदा साली र पुरुषहरुलाई भेना साइनोले जिस्कादैँन । तर साली र भेना बिच भने जिस्कन छुट नै हुन्छ ।

Comments