मगर संस्कारमा कोदोम र कोदोमको महत्त्व :

 मगर संस्कारमा कोदोम र कोदोमको महत्त्व :


चोयाबाट बनाइएको फुङ्गा जस्तै बिर्को भएको चोयाको भाँडोलाई कोदोम (सन्दुस वा सन्दुकु) भनिन्छ जसमा मगर समुदायमा बहुमूल्य धन, गरगहना र कागजपत्र सुरक्षित रुपमा राखेर घरभित्रको मूख्य चुलोको सिरान भारसँगै रहेको मैने मुत्का (मुख्य खम्बा)मा कसरी वा भरियोले झुण्डाएर राखिएको हुन्छ । जसलाई घरको मुलिले मात्र खोल्न पाउछ यदि कसैले छोएमा पाप लाग्छ भन्ने जनबिश्वास रहेको छ भने अन्य परिवारका सदस्यले सङ्गाती वा रख्यको रुपमा आफ्नो व्यक्तिगत सामग्री राख्नको लागि पनि व्यक्तिगत कोदोम राख्ने गरिन्छ । त्यो व्यत्तिगत कोदोम सम्बन्धित मान्छे मर्दा उसले प्रयोग गर्ने साम्रगीहरु त्यसमै राखिदिएर अन्तिम संस्कारमा लगेर उतै फालिदिने गरिन्छ ।  जस्तै : महिला भए बिताएको चोलामा प्रयोग गरेको साम्रगी सै (काइायो), चुरा, धागो, हार (माला), लट्टाकपडा, ताकू (धागो निकाल्ने सामग्री) इत्यादि भने पुरुष भए मा मुथुङ (साधारण)को उसले प्रयोग गरेका फर्काउने (दोरी बाट्ने चोयाको सामग्री) र रम्मा बैधाङ भए उसले प्रयोग गरेका थाँतीपोस्तोको (मन्त्रका पुस्तक), गजा, बाकर गुरुमाला इत्यादि । मगर समुदायमा अहिलेसम्म पनि पुख्र्यौली प्रथाबाट चलेर आएको यो संस्कार अझै पनि जिवित नै छ भने अबको पुस्तामा हराउँदै जाने निश्चित छ । 


सन्दुकु, मन्दुकु र बन्दुकु मगर समुदायमा अति रख्य (शुभ) मानिने बस्तुहरु हुन् । मन्दुक (मन्दुस वा मदुस काठबाट बनेको सानो बाकस जस्तै खात) र बन्दुकु (बन्दुक)


साभार : Byom G Awatar पेजबाट

Comments

Post a Comment