✍️बीजी मगर
मगर खाम/पाङ विकासका चुनौतीहरू :
१. आफ्नो लिपि र लेख्य सामग्रीहरू प्राप्त नहुनु ।
२. व्याकरण र शब्दकोष उपलब्ध नहुनु, भए पनि त्यसको प्रचारप्रसार कम हुनु ।
३. लामो समयसम्म एकात्मक राज्य प्रणाली र एक भाषानीति हुनु ।
४. औपचारिक कार्यक्रम र शैक्षिक संस्थामा यसले मान्यता नपाउनु ।
५. परिवार समुदायमा मात्र यस भाषाको प्रयोग सीमित हुनु ।
६. विभिन्न अवसर र आधुनिकताको नाममा नेपाली र अंग्रेजी भाषा प्रतिकको मोह बढ्दै गई आफ्नो मातृभाषा छोड्दै जानु ।
७. सञ्चार माध्यमहरूबाट प्रचारप्रसार पर्याप्त मात्रामा नहुनु ।
८. भाषिक विविधता हुनु ।
मगर खाम/पाङ संरक्षण, सम्वर्द्धन, र विकासका लागि तल्कालै चाल्नुपर्ने कदमहरू :
१. भाषिक इतिहासिक अध्ययन र लिपिको अनुसन्धान गर्ने ।
२. व्याकरण र शब्दकोष तयार गर्ने र प्रचारप्रसारमा व्यापकता गर्ने ।
३. लिपि पत्ता नलाग्दासम्म देवनागरी लिपिमै केही मानक गराई साहित्य कला सिर्जना गर्नुको साथै अन्य अध्ययन सामग्रीहरूको विकास तथा प्रकाशन गर्ने ।
४. विस्तृत रूपमा अध्ययन गरि स्तरीय रूप निर्धारण गर्ने ।
५. मातृभाषामा शिक्षाको व्यवस्थापन गर्न पहल गर्ने ।
६. स्थानीय तथा राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूमा समावेशी अवधारणा अनुरुपमा लेख रचनाहरू प्रकाशन गर्न पहल गर्ने ।
७. सञ्चार माध्यमहरूबाट समाचार तथा अन्य कार्यक्रमहरू प्रसारण गर्ने ।
८. यस सम्बन्धि काम गर्नेहरू एक हुने र यस्तै कार्यमा लाग्नेहरूलाई प्रोत्साहित गर्ने गराउने ।

Comments
Post a Comment