रोधी संस्कारमा दौरासुरुवालको आक्रमण ?

 



      रोधी संस्कार गुरुङ र मगर समुदायबाट बिकास भएको संस्कृति हो । त्यसको भुइँ चढेर दोहोरी गीतको पनि बिकास भएको हो । रोधी गाउँदा गुरुङ र मगर समुदायको पोसाक लगाएर गाइन्थ्यो । तर पछिल्लो समय रोधीको सिको गर्दै विभिन्न व्यवसायिक रोधी क्लब र दोहोरी साँझहरू देशका मूख्य सहरहरूमा संचालन भइरहेका छन् । भने गाउँघरमा गाइने रोधी संस्कार लगभग विस्थापित भइसकेको छ ।

      रोधी वा दोहोरी गाउँदा जुनसुकै समुदायका महिलाहरूले गुरुङ र मगरका महिला पोसाक लगाएको देखिन्छ तर पुरूषहरूले कहिल्यै गुरुङ र मगर जातिको पोसाक लगाएको देखिएन् । मैले थाहा पाउने बेला देखि नै विभिन्न लोक तथा दोहोरी गीतहरूको स्थानीय तथा राष्ट्रिय स्तरको प्रतियोगिताहरू भए र केही प्रतियोगिताहरूमा सहभागी पनि जनाइयो तर जहिले पनि, जुन प्रतियोगितामा पनि र जुनसुकै प्रतियोगी समूहका पुरूषहरूले दौरासुरुवाल लगाएको मात्रै पाइयो । यसमा कति पनि चित्त बुझेको छैन् । कि रोधी गाउन गुरुङ र मगर समुदायमा अन्य समुदायका पुरुषहरू गएर त्यस समुदायका चेलीबेटीहरूसँग रोधी बस्ने गरियो ? होइन भने दौरासुरुवालले रोधी संस्कारलाई किन आक्रमण गर्यो ? नत्र भने रोधी वा दोहोरी गाउन महिलाहरूले मात्रै नभएर पुरुषहरूले पनि गुरुङ र मगर समुदायको जातिय पोसाक लगाउनु पर्दैन्थ्यो ? दौरासुरुवाल किन लगाउने ? अझ दु:खको कुरा गुरुङ र मगर समुदायका लोक तथा दोहोरी गाउने पुरुष कलाकारहरूले पनि दौरासुरुवाल नै लगाएर गीत गाएको पाइन्छ । तिनीहरूलाई दौरासुरुवालको समुदायले कलाकार बनाएको हो ? झन् दु:खको कुरा यो विषयमा सम्बन्धित समुदाय र पक्षको चासो र ध्यान किन गरेनन्/राखेनन् ?

     यो मेरो व्यक्तिगत चासो र गुनासो भए पनि एउटा अनुसन्धानको विषय हो । म चाहन्छु सम्बन्धित समुदाय र पक्षको ध्यान जाओस् । रोधी संस्कारमा दौरासुरुवालले किन, कसरी र केका लागि आक्रमण गर्यो/भयो ?

                                              ✍️वीजी मगर 

Comments