आधुनिक शिक्षा प्रणली विकास नभएको बेला हाम्रो पूर्खाहरुले पढ्न जान्नेहरुको घरमा गएर गुरु थामेर पढ्ने गर्दथे । हाम्रो मगर समाजमा पनि जैस्याल पढ्थे । तिनीहरुले पढ्ने अक्षरहरुलाई विशेष गरेर मङ्गरे हरपे, काइके हरपे र नेवारे हरपे सम्भोता हरपे इत्यादि हुन् भने पछिल्लो समयमा काँसी जानेहरुले देवनागरी अक्षर भित्राए पछि यिनै अक्षर वा लिपीहरु लोप भए अर्थात् प्रयोगमा लिएनन् । तस्वीरमा देखाइएको हातले लेखिएको पुस्तक तिनै तत्कालिन शिक्षक अर्थात गुरुको र चेलाहरुले मन्त्र संकलन गरेर राख्ने पुस्तक हो जसलाई बैदाङ्गी वा जैस्याल र मुथुङहरुले थाँती पोस्तोको भन्ने गर्दछन् । यो बरुवाको बोक्रालाई खरानीमा पकाएर कुन्डमा गजिनाको कपडामा फिजाई सुकाएर कागज बनाई चामलको लेदोले धालेर बनाइन्छ भने सिकार गरेर मारेको कुनै पनि जंगली जनवारहरुको छालाले मोरेर जतन साथ राख्ने गरिन्छ । यसमा लेखएिका अक्षरहरु पनि प्वाँख वा बाता कलम द्वारा कृतिम मसिले लेखिएको हो वा लेख्ने गरिन्थ्यो । अर्को मोडे पात्रो हो । आधुनिक पात्रोको विकास नभएको बेला जान्ने बैदाङ्गीहरुले लेखेर यस पात्रोको बनाउने गर्दथे यसकै आधारमा दिन बार वा सम्पूर्ण तिथिहरु हेर्ने गर्दथे । यस्ता सामाग्रीहरु प्रयोग गर्ने सम्बन्धित व्यक्तिहरुको मृत्य संस्कारमा आलमिको रुपमा उनीहरुसँगै फालिदिने वा जलाइदिने चलनले गर्दा यस्तै पुस्तकहरु लोप भएका हुन् ।
तस्वीर : संगीत मगर

Comments
Post a Comment